Skip to content

अन्नपूर्ण संरक्षण क्षेत्रबाट कटपिस ढुङ्गा चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

पोखरा,२० असोज।, कास्की जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रूपमा कटपिस ढुङ्गा चोरी निकासी भइरहेको सूचनाका आधारमा प्रहरीले एक मिनी टिप्परसहित चालकलाई नियन्त्रणमा लिएको छ।
मध्यम पथ चोकमा खटिएको प्रहरी टोलीले ग १ ख ७२३४ नम्बरको मिनी टिप्परलाई रोकी चेकजाँच गर्दा उक्त टिप्परमा कटपिस ढुङ्गा लोड गरिएको पाइएको हो। टिप्परसँग सम्बन्धित कुनै कागजात नभेटिएपछि प्रहरीले टिप्पर र ढुङ्गासहित चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको टिप्पर र ढुङ्गालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको छ।
यस घटनाले अन्नपूर्ण संरक्षण क्षेत्रमा हुने अवैध उत्खननको समस्यालाई उजागर गरेको छ। यस घटनाको बारेमा अनुसन्धान भइरहेको छ र दोषीलाई कानूनी कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर