Skip to content

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पोखरा, २० असोज। पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । उनले पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काम सहकारी निजिक भएको बताए । त्यसै गरी पोखरा वडा नम्बर २३ वडा अध्यक्ष रामकाजी गुरुङ, वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगातले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई सम्मान गरेको थियो ।

साधारण सभामा पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ ।

सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर