Skip to content

कास्की कांग्रेसमा आन्तरिक विवाद चुलियो

पोखरा,२० असोज। नेपाली कांग्रेस कास्कीमा आन्तरिक विवाद चुलिएको छ। पार्टीका वर्तमान सभापति किशोर दत्त बराल र पूर्वसभापति कृष्ण केसीबीच सामाजिक सञ्जाल फेसबुकमार्फत आरोप-प्रत्यारोपको आदानप्रदान भएको छ।
पार्टीका केही पुराना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेपछि कांग्रेस कास्कीमा असन्तुष्टि बढेको छ। यसैबीच, पूर्वसभापति केसीले सभापति बराललाई संगठनप्रति उदासीन रहेको आरोप लगाउँदै पार्टीको नेतृत्वमा परिवर्तनको माग गरेका छन्। केसीले सभापति बराल फेसबुकमा फोटो राखेर र उद्यमशीलताको नाममा पैसा खर्च गरेर बस्ने गरेको भन्दै आलोचना गरेका छन्।
यता, सभापति बरालले पूर्वसभापति केसीलाई पार्टीका उम्मेदवारलाई भोट नहाल्नेजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनलाई ‘विद्रोही कम्युनिष्ट’ भनेका छन्। बरालले पार्टीभित्र यस्ता व्यक्तिहरूलाई माला लगाएर बस्न दिन नसकिने बताएका छन्।
दुवै नेताबीचको यो विवादले कास्की कांग्रेसमा चुनावयता देखिएको अन्तरविरोधलाई सतहमा ल्याएको छ। पार्टीका कार्यकर्ताहरूले दुवै नेतालाई पार्टीको कुरा बाहिर ल्याउन नभई पार्टीभित्र बसेर समस्या समाधान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर