Skip to content

गोरखामा चाडपर्वमा सतर्क रहन प्रशासनको आग्रह

गोरखा, २२ असोज।आउँदो दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी गोरखा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले मंगलबार जारी गरेको सूचनामा चाडपर्वको समयमा चोरी, डकैती, अनलाइन ठगी जस्ता अपराध बढ्न सक्ने भन्दै सतर्क रहन भनेको छ।
प्रशासनले जुवातास, अत्यधिक मदिरा सेवन जस्ता गतिविधिबाट टाढा रहन र अनलाइन ठगीबाट बच्न पनि आग्रह गरेको छ। शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न पनि प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सर्वसाधारणलाई घरमा एक्लै नबस्न, भीडभाडमा सतर्क रहन र अनावश्यक जोखिम नलिन पनि सुझाव दिएको छ। प्रशासनले सुरक्षित र शान्तिपूर्ण चाडपर्व मनाउन सबैको सहयोग आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर