Skip to content

शहिदलखन गाउँपालिकाका जनप्रतिनिधिहरुबाट बाढी पीडितका लागि सहयोगको घोषणा

गोरखा, २२ असोज। हालै परेको अविरल वर्षाका कारण देशभर भएका क्षति र विस्थापनका घटनाहरुबाट प्रभावित भएकाहरुको सहयोगका लागि शहिदलखन गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो मासिक भत्ताबाट केही रकम छुट्याउने निर्णय गरेका छन्।
गाउँपालिकाको हिजो बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। बैठकको निर्णय अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो मासिक भत्ताबाट पाँच दिनको, वडाध्यक्ष र सदस्यहरुले दुई दिनको र अन्य सदस्यहरुले एक दिनको भत्ता प्रधानमन्त्री राष्ट्रिय विपद् उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
यसैगरी, गाउँपालिकाले पनि आफ्नो तर्फबाट एक लाख रुपैयाँ उद्धार कोषमा पठाउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार यो निर्णय गाउँपालिकाका जनप्रतिनिधिहरुको स्वेच्छाले गरिएको हो र यसले विपदमा परेकाहरुलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर