Skip to content

तनहुँमा भाइरल ज्वरो र डेंगुको प्रकोप

तनहुँ,२७ असोज। तनहुँको व्यास नगरपालिकामा भाइरल ज्वरो र डेंगुका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। यसले गर्दा जिल्ला अस्पतालमा शैयाको चर्को अभाव भएको छ। अस्पतालमा दैनिक सयौं बिरामी आउने गरेका छन्।
शैया अभावका कारण बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ। यसले बिरामीको उपचारमा कठिनाई भएको छ। विशेष गरी डेंगुका बिरामीको संख्या अत्यधिक बढेको छ।
अस्पतालको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको स्थानीय प्रशासनले जनाएको छ। जग्गा अभावका कारण अस्पताल विस्तार गर्न सकिएको छैन।
बिरामीको चाप धेरै भएका कारण डायलासिस सेवा अस्थायी रूपमा अन्यत्र सार्ने तयारी भइरहेको छ।
यस वर्ष साउनदेखि असोजसम्म ६ सय २१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
तनहुँका साथै छिमेकी जिल्लाका बिरामीहरू पनि उपचारका लागि यही अस्पताल आउने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर