Skip to content

अजिरकोट गाउँपालिकाद्वारा पर्यावरण जोगाउन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न पाल्स्टिक प्रयोगमा प्रतिबन्ध

गोरखा, २ कात्तिक। गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय उत्पादन तथा परम्परागत सामग्रीहरूमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्लास्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरलाई ध्यानमा राख्दै यस्तो कदम उठाएको जनाएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, स्थानीय रूपमा उत्पादित अन्न, तरकारी तथा अन्य परम्परागत सामग्रीहरूको बिक्री र वितरणमा प्लास्टिकको प्रयोग बन्द गरी वैकल्पिक प्याकेजिङ्ग अपनाउनुपर्नेछ। विशेषगरी चाडपर्व तथा धार्मिक कार्यक्रमहरूमा वितरण हुने सामग्रीहरूमा प्लास्टिकको सट्टा पर्यावरणमैत्री प्याकेजिङ्ग प्रयोग गर्नुपर्ने प्रावधान ल्याइएको छ।

गाउँपालिकाले यस निर्णयलाई सफल बनाउन व्यवसायी, उत्पादक र स्थानीयवासीहरूलाई सहकार्य गर्न अपिल गरेको छ। यो पहलले प्लास्टिकको फोहोर घटाउन र दीर्घकालीन रूपमा वातावरण जोगाउन मद्दत गर्ने विश्वास लिइएको छ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाद्वारा हस्ताक्षरित सूचनामा सबैलाई नियम पालना गर्न आग्रह गरिएको छ। पर्यावरण जोगाउन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न यो निर्णय महत्त्वपूर्ण रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर