Skip to content

चितवन कारागारमा कैदीबन्दीको चाप कम गर्न १६ जना स्थानान्तरण

भरतपुर,६ कार्तिक।  चितवन कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि १६ जना कैदीबन्दीलाई अन्य जिल्ला स्थानान्तरण गरिएको छ ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण हुनेमध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ पठाइएको छ । स्वास्थ्य समस्या भएका ६ जना कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्यलाई उनीहरूको इच्छाअनुसार अन्यत्र स्थानान्तरण गरिएको हो ।
चितवनमा सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरू भएकाले जिल्ला बाहिरका कैदीबन्दीलाई उपचारका लागि चितवन ल्याइने हुँदा कारागारमा चाप बढेको हो । यसका साथै, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट पनि कैदीबन्दी चितवन ल्याइने गरिएको छ ।
दुई सय ८० जनाको क्षमता रहेको चितवन कारागारमा अहिले सात सय ८४ कैदीबन्दी छन् । महिला बन्दीगृहमा क्षमताभन्दा बढी र पुरुष बन्दीगृहमा पनि क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर