Skip to content

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

पोखरा, कार्तिक १५ गते । युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ ।
दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उनले भने, “विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने उनको भनाइ थियो । दीपक सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने विश्वास सरुभक्तले प्रकट गरे ।
आयोजक दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले दीपकले पहिलो उपन्यासमै धेरै विषयवस्तु उठान गरेको बताए । जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको भन्दै पौडेलले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राखे । ठुटेले प्रस्तुत गरेको कथावस्तु हाम्रै समाजको कथावस्तु भएको पौडेलको भनाइ थियो ।
कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिए । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्रहरू हेरेको बताउँदै उनले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाए । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको उनको भनाइ थियो । आफू विदेश बसे पनि नेपाली साहित्यमा सकेसम्म काम गर्ने उपन्यासकार सापकोटाले बताए ।
गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याए ।
दीपशिखा साहित्य सङ्गमका सल्लाहकार रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सम्पादक दशरथ सापकोटाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर