Skip to content

कुन्दुरटारको गौरव: महेन्द्र माविले मनायो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

गोरखा, १६ कार्तिक। गोरखाको कुन्दुरटारस्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ। विद्यालयले कार्तिक १२ र १३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
गोरखा नगरपालिका-१२ का वडाध्यक्ष डिलबहादुर थापा मगरले उद्घाटन गरेको यस कार्यक्रममा विद्यालयकी साविक शिक्षक अभिभावक संघ अध्यक्ष राधिका कुमालको असामयिक निधन भएको हुँदा ठूलो स्तरमा कार्यक्रम गर्न नसकिएको प्रधानाध्यापक गोपालबाबु मरहट्टाले बताए। उनले वडाध्यक्ष, वडाप्रतिनिधि, स्थानीय अभिभावक, चन्दादाता तथा स्थानीय संघसंस्थाका प्रमुखहरूको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न गर्नुपरेको जानकारी दिए।
प्रधानाध्यापक मरहट्टाले स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थी, सहयोगी साथीहरू र अभिभावकहरूको शुभकामनाप्रति आभार व्यक्त गर्दै विद्यालयले यो उचाइ हासिल गर्न उहाँहरूकै अतुलनीय माया र सहयोगले सम्भव भएको बताए। उनले भविष्यमा पनि सबै सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर