Skip to content

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, १८ घाइते

अर्घाखाँची, १९ कार्तिक। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-६ जयठाटीमा सोमबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
वडा नं ५ र ६ को सिमानामा रहेको जयठाटीमा देउसीभैलो खेलिरहेको बेला ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित भई ठक्कर खाँदा यो दुर्घटना भएको हो। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर