Skip to content

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण, डेंगु नेगेटिभ पुष्टि

काठमाडौं,२१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय भाइरल ज्वरोको संक्रमण भएको छ। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले उनलाई भाइरल ज्वरो भएको पुष्टि गर्दै घाँटीमा पनि संक्रमण देखिएको जानकारी दिएकी छिन्।

डा. शाहका अनुसार मौसम परिवर्तनका कारण यो समस्या उत्पन्न भएको हो। मंगलबार डेंगुको आंशकामा गरिएको रगत परीक्षणमा नेगेटिभ नतिजा आएको बताइए पनि अन्य स्वास्थ्य समस्या नभएको जनाइएको छ।

प्रधानमन्त्री ओलीले चार वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए, जसका कारण उनको स्वास्थ्यप्रति विशेष ध्यान दिइन्छ। अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर