Skip to content

एमालेका मन्त्री संलग्न मानव तस्करी प्रकरणले देशलाई हल्लायो

विराटनगर, २४ कार्तिक। नेपालमा मानव तस्करीको गम्भीर समस्यालाई उजागर गर्दै एक एमाले मन्कोत्री संलग्नताले देशलाई हल्लाएको छ। पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले नक्कली कागजातको प्रयोग गरी मानिसहरूलाई जापान पठाउन खोजेको आरोपमा अनुसन्धानको घेरामा परेका छन्।
अधिकारीसहित चार जनालाई जापानबाट फिर्ता पठाइएको थियो। प्रहरीले अन्य तीन जनालाई पक्राउ गरे पनि पूर्वमन्त्री भने अझै अनुसन्धानको दायरा बाहिर रहेका छन्। यस घटनाले राजनीतिक पहुँच कसरी अपराधमा प्रयोग हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको जापानमा मानब तस्करी काण्डको गम्भीर छानविन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

माओवादी केन्द्र कोशी संसदीय दलकी प्रमुख सचतेक गीता तिम्सिनाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको आचारसंहिता र भ्रमण निर्देशिका विपरित मन्त्री भ्रमणमा जानु र मानब तस्करीमा जोडिनुले प्रदेशवासीकै शीर निहुरिएको जनाएकी छन् ।

‘प्रदेश सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ । विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री बिदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवशीको शीर निहुरिएको छ ।’
जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पुरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार बेखबर रहेकोप्रति माओवादीले प्रश्न उठाएको छ ।

मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरुको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरु जापान प्रवेश गर्न खोज्नु गम्भीर रहेको भन्दै विज्ञप्तिमा मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बनेकोप्रति पनि आपत्ती जनाएको छ । यो प्रकरणमा राजीनामा गराएर अधिकारीलाई उन्मुक्ति दिने प्रयास गरिएको आशंका गर्दै विज्ञप्तिमा गम्भीर छानविनको माग गरिएको छ ।

मन्त्रीसँगै गएका व्यक्तिहरुसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यहि परिचयपत्रको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरुको भिषासहित हवाईटिकको प्रबन्ध हुनु रहश्यमय रहेको माओवादीको ठहर छ । माओवादीले यो प्रकरणमा नक्कली शरणार्थी प्रकरण जस्तै अर्को रुप भएको आशंका पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर