Skip to content

नेपाल इन्फ्रास्ट्रक्चरको सेयर पहिलो दिन नै १० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको माथिल्लो रेञ्ज ३४० रुपेयाँबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य पहिलो दिननै १० प्रतिशतले बढेको छ। सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ।

बैंकले गत बिहीबार २० अर्ब रुपैयाँ बराबरको सेयर सूचिकृत गरेको थियो। यसमध्ये ८ अर्ब रुपैयाँ सर्वसाधारणमा बिक्री गरिएको सेयर हो। नेप्सेले ११३.६२ देखि ३४०.८६ रुपैयाँको रेञ्ज दिएको थियो।

बैंकले गत माघ २ गतेदेखि साधारण सेयर निष्कासन गरेको थियो। देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो।

नेप्सेमा बैंकको सेयर बिक्री गर्ने मुस्किलले भेट्टिएका छन्। खरीदका लागि माग उच्च छ। पुर्वाधारलगायतका क्षेत्रमा दीर्घकालिन लगानी गर्ने उद्देश्यले बैंकको स्थापना भएको हो। बैंकमा १० प्रतिशत सरकार र बाँकी निजी क्षेत्रको लगानी छ।

निफ्राको आइपीओ १४ लाख ७५ हजार ८ जनाले पाएका थिए। १० देखि ५० कित्ता सेयर माग गर्नेले माग अनुसार नै सेयर पाएका थिए। यस्तै, ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता भने पुन बाँडफाँट गरिएको थियो। सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर