Skip to content

गण्डकीमा गुरुङ, मगर भाषा कार्यान्वयनको माग, मुख्यमन्त्रीको प्रतिबद्धता

पोखरा, ०३ मंसिर । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तमु धिं नेपालले जोडदार माग गरेको छ। भाषा आयोगको सिफारिसलाई कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्नुपर्ने माग राख्दै संस्थाले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञानपत्र ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश सरकार गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रतिबद्ध छ। सरोकारवालाहरूसँगको व्यापक छलफलपछि आवश्यक कानुन निर्माण गरिनेछ।” उनले यसका लागि आफूले व्यक्तिगत रूपमा पनि पहल गर्ने बताए।
तमु धिं नेपालले बुझाएको ज्ञापनपत्रमा मातृभाषाको संरक्षण, विकासका लागि भाषा आयोगको शाखा स्थापना, विद्यालयमा मातृभाषा पठनपाठन, भाषा खोज तथा अध्ययन केन्द्र स्थापना, मातृभाषामा नामाकरण गरिएका स्थानहरूको नाम पुनःस्थापना लगायतका माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर