Skip to content

मुग्लिङ–पोखरा सडक २० दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तनहुँ, ०३ मंसिर।  मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डको छिर्कन–देउराली सडक खण्ड आज राति ११ बजेदेखि २० दिनसम्म दैनिक ४ घण्टा ३० मिनेटका लागि बन्द हुने भएको छ। सडक निर्माणका लागि सडक बन्द गर्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार राति ११ बजेदेखि १ बजेसम्म र राति १:३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ। यस अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक बन्द रहने प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
सडक बन्द हुने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। आकस्मिक अवस्थामा भने विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ।
यस सडक खण्डमा ४१.५ किलोमिटर दूरी रहेको छ। हालसम्म दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर