Skip to content

भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु

चितवन, ७ मंसिर। भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई दिनुभयो ।
रुट परमिट अनुसार महानगरले तोकेको निषेधित क्षेत्र बाहेक अन्य ठाँउमा चलाउन पाइने छ । ३ पाङ्ग्रे अटो तथा म्याजिक भ्यानको व्यवस्थापनको लागि महानगरपालिका यातायात शाखा स्थापना गरेको छ । महानगरपाकिलले १५ दिने सूचना आह्वान गरी अभिलेखिकरण र दर्ता गर्न म्याजिक भ्यान तथा अटो सञ्चालकलाई आग्रह गरेको थियो ।
म्याजिक भ्यानको अभिखेखिकरण गर्न रु २ हजार, अटोको रु १ हजार, अटोको दर्ता गर्न रु १०० र स्टिकरको ३००  रुपैयाँ तोकिएको महानगरका अधिकृत बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) उपदफा (३) ट (२)अनुसार स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमनको अधिकार स्थानीय तहलाई तोकिएको छ ।
महानगरमा करिब १५ सय अटो र ७ सयको संख्यामा म्याजिक भ्यान रहेको छ । यस विषयमा यातायात व्यावसायी पनि सकारात्मक रहेको अधिकृत थपलियाले जानकारी दिनुभयो ।  म्याजिक भ्यान र अटोको अभिलेखिकरण भएमा नगर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनिकरण हुने, ट्राफिक नीति तथा नियम बनाउन सहज हुने, रुट निर्धारण गर्न सहज र सौन्दर्यकरणलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर