Skip to content

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा

धनबहादुर तामाङ/गोरखा,८ मंसिर। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन बुधबारदेखि सञ्चालनमा आएको छ।
धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा निर्माण भएको यस अस्पताल भवनका लागि कूल रु दुई करोड २८ लाख खर्च भएको छ। जसमध्ये ४० प्रतिशत रकम गाउँपालिकाले र बाँकी ६० प्रतिशत रकम अर्थ सी एयरले व्यहोरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।
नवनिर्मित अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणले घर नजिकै आधारभूत स्वास्थ्योपचार सेवा पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर