Skip to content

नयाँ धुन र शब्दको संगम : मनमाया सार्वजनिक

पोखरा,८ मंसिर। पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् । राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् ।
म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ ।
निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गरेका छन् । उनका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । मनमाया गीतले सबैको मन छुनेमा उनी आशावादी छन् ।
कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गरे । मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उनको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उनले बताए ।
गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताए । मनमायाको अडियो देखि भिडियो सम्मको तारिफ गर्दै पोखराका सिर्जनालाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् ।
चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताए । गीतको मर्मानुसारको कथा प्रस्तुत भएको र कलाकारको अभिनय समेत तारिफयोग्य रहेको भनाई उनको छ । गीतमा मौलिकता हुँदा समय सान्दर्भिक सिर्जना प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।  मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर