Skip to content

तनहुँमा स्वास्थ्य बीमाको पहुँच बढाउने प्रयास जारी

तनहुँ, २४ मंसिर। तनहुँ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमले गति लिएको छ। जिल्लाका ४५ प्रतिशत नागरिक अर्थात् १ लाख ४५ हजार ७ सय ९८ जनाले स्वास्थ्य बीमा गराएका छन्। यद्यपि, अझै ५५ प्रतिशत नागरिक यसको पहुँचभन्दा बाहिर रहेका छन्।
स्वास्थ्य बीमा बोर्ड, तनहुँका संयोजक सिर्जना पोख्रेलका अनुसार जनचेतनाको कमी, गरिबी र पर्याप्त स्वास्थ्य सुविधाको अभावले बिमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको हो। उहाँले भन्नुभयो, “हामी विभिन्न समुदायमा गएर स्वास्थ्य बीमाको महत्वबारे जनचेतना फैलाउने काम गरिरहेका छौँ। साथै, गाउँघरमा स्वास्थ्य शिविर सञ्चालन गरी बिमाका लागि प्रोत्साहन गरिरहेका छौँ।”
तनहुँमा स्वास्थ्य बीमामा आवद्ध नागरिकले ६ वटा प्रथम सेवा विन्दुबाट सेवा लिन सक्नेछन्। यी सेवा विन्दुहरूमा बिरामीहरूले निःशुल्क औषधि, परीक्षण र सामान्य उपचार पाउन सक्छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न प्रयास गरिरहेको छ। यसका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर