Skip to content

निर्वाचन आयोगको भूमिका शंकास्पद:प्रदीप पौडेल

वीरेन्द्रनगर। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनमा अदालतले संविधानमा भएको व्यवस्थाअनुसार व्याख्या गर्ने बताएका छन्। सुर्खेतमा सोमबार पार्टी कार्यकर्तासँग पौडेलले अदालतलाई संविधानमा धारा थप्ने अधिकार नभएको बताएका हुन्।

शक्ति दुरुपयोग गरी ओलीले संसद् विघटन गरेकाले अदालतले संविधानका धारालाई व्याख्या गरेर फैसला गर्ने उनले बताए। ‘यो विषय अदालतमा गएको छ, हामी बोल्न मिल्दैन भन्नुहुँदैन। आफूले देखेको कुरा साक्षीका रूपमा प्रस्तुत हुनुपर्छ,’ उनले भने, ‘हाम्रैअगाडि कसैले मान्छे मारेको छ। त्यो आफूले प्रत्यक्ष देख्दा पनि अदालतले फैसला गरेपछि बोल्छु भन्नु मूर्खता हो।’

वैशाखमा निर्वाचन हुन नसक्ने र प्रधानमन्त्रीमा निर्वाचन गर्ने नियत नभएको पौडेलले बताए। ‘प्रधानमन्त्रीले निर्वाचन गर्ने नियतले संसद् विघटन नै गरेका होइनन्,’ उनले भने, ‘हुनै नसक्ने निर्वाचनका पछाडि लाग्न जरुरी छैन।’ नेकपाको आन्तरिक विवादमा निर्वाचन आयोगले सहजीकरण गरेको पौडेलले आरोप लगाए।

‘नेकपा विभाजन भइसकेको छ। एक पक्षले अर्को पक्षलाई कारबाही गरेको आयोगलाई जानकारी दिएका छन्,’ उनले भने, ‘आयोगले तपाईंहरू एउटै पार्टी हो भनेर भन्छ।’ निर्वाचन आयोग नभएर कम्युनिस्ट आयोगजस्तो भएको पौडेलको आरोप छ। ‘यो निर्वाचन आयोग हो कि कम्युनिस्ट आयोग ?’ उनले भने, ‘नागरिकलाई छुट्याउन नै गाह्रो भएको छ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर