Skip to content

नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई पुरानै पद दिने, एकतालाई बलियो बनाउने प्रयास

काठमाडौं,२ पुस। नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई पहिलेको पार्टीमा भएको पदअनुसार नै जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीले वाम एकतालाई बलियो बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई सम्बोधन गर्न यो निर्णय गरिएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङको हस्ताक्षरमा मातहतका कमिटीलाई यस सम्बन्धी सर्कुलर पठाइसकिएको छ ।
सर्कुलरमा भनिएको छ, ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ ।’
माओवादीले पार्टी प्रवेश गर्नेलाई पुरानै पद दिने निर्णयले पार्टीभित्र एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । यसले पार्टीमा नयाँ ऊर्जा थप्ने र संगठन विस्तारमा सहयोग पुग्ने पार्टी नेताहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर