Skip to content

नेपाली कम्युनिष्ट आन्दोलनको समस्या र समाधानमा बहस

पोखरा,पुस १ गते।मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराको आयोजनामा आज सहिदपार्क स्थित घनश्याम कक्षमा नेपाली कम्युनिष्ट आन्दोलन: समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले नेपाली कम्युनिष्ट आन्दोलनले सामना गरिरहेका विभिन्न चुनौती र तिनका समाधानका उपायहरूबारे विस्तृत चर्चा गरेका थिए। उनले पार्टी एकता, वैचारिक स्पष्टता, जनतासँगको सम्बन्ध सुदृढीकरण जस्ता विषयहरूमा जोड दिएका थिए।
अवधारणा पत्रमाथि टिप्पणी गर्दै विभिन्न कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले आ-आफ्ना धारणा राखेका थिए। नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य खिमलाल देवकोटा, नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिव धनन्जय दवाडी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य केश बहादुर परियार, विप्लव नेतृत्त्वको नेकपाको केन्द्रिय सदस्य साबित्रा सि, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, र नेकपा(एकीकृत समाजवादी) का केन्द्रिय सचिव श्रीनाथ बरालले आफ्ना विचार राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई अझै बलियो बनाउनका लागि विभिन्न सुझावहरू दिएका थिए।
उनीहरूले कम्युनिष्ट आन्दोलनमा देखिएका विभाजन, वैचारिक अन्योल, र पार्टीभित्रको अन्तरसंघर्ष जस्ता समस्याहरूलाई समाधान गर्नका लागि पार्टी एकता, वैचारिक स्पष्टता, जनतासँगको सम्बन्ध सुदृढीकरण, र क्रान्तिकारी कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर