Skip to content

महालेखाको प्रतिवेदनमाथि शंका उठ्दै: गण्डकीमा बेरुजुको चाङ, पारदर्शितामा प्रश्न

पोखरा,पुस १७ गते।गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठेको छ। समिति सदस्यहरूले महालेखा परीक्षकले बेरुजु देखाउने र नदेखाउने कार्यमा द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। यसले प्रदेशमा सुशासन कायम गर्न चुनौती थपेको छ।
समितिको बैठकमा बोल्दै पूर्व भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच बार्गेनिङ हुने गरेको आशंका व्यक्त गरे। उनले भने, “महालेखा परीक्षकले सुरु प्रतिवेदनमा बेरुजु देखाउने, दोस्रोमा पनि देखाउने अनि, फेरि अन्तिममा नदेखाउने, त्यो कसरी हुन्छ?”
सार्वजनिक लेखा समितिका सभापति सुधीर पौडेलले महालेखाको प्रतिवेदनले संघीयताको विरोध गर्नेहरूलाई मलजल गरेको बताए। उनले भने, “यो संविधानलाई पालना गर्ने होकि होइन, असुलउपर गर्ने, नियमित गर्ने, पेस्की बेरुजु र के के..लगतकट्टी पनि हुन्छ। यो छुट्याउने कि नछुट्याउने। यो सबै कामै नभएको त होइन?”

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर