Skip to content

१२४ को निशुल्क मधुमेह र टिजी जाँच

पोखरा,पुस २० गते। सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच सित्तैमा गरिएको हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गरे ।
पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पु¥याउने उल्लेख गरे । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गरे ।
युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो । यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् ।
सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर