Skip to content

आरूघाट गाउँपालिकामा भीषण आगलागी, तीन घर जलेर नष्ट

गोरखा, पुस २० गते। आरुघाट गाउँपालिका वडा नम्बर १ स्थित स्याम्चेतमा आज साँझ भएको भीषण आगलागीमा परी तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। वडा अध्यक्ष गजे घलेले यो जानकारी गराउनुभएको हो।
घलेका अनुसार, पालिकाको काम परेर उहाँ तल झरेको बेला यो घटना भएको हो। आफू अहिले गाउँतर्फ जाँदै गरेको उहाँले बताउनुभयो। आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका धनसम्पत्ति, अन्नबाली र पशु चौपाया पूर्ण रूपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो।
स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएका छन्।
गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार शनिवार साँझ खाना पकाउन बालिएको आगोबाट नजिकै राखिएको मकैको खोस्टामा सल्किएर आगलागी भएको हो।
प्रहरीले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर