Skip to content

कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन

पोखरा,पुस २२ गते। कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् ।

यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यतामा भर पर्ने बताउनुभयो । खेलाडी उत्पादनमा राज्यको ध्यान जानुपर्ने बताउदै टेवुल टेनिस सानो खेल नभई यसका प्रतियोगिता र कार्यक्रम नभएर सानो भएको बताउनुभयो ।

संघका सल्लाहाकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन केन्द्रित भएर खेलकुदका गतिविधि वढाउनु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासघं कास्की सहसचिव मधु अधिकारीले टेवुलटेनिस सर्वसुल्लभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनहरुमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालमा भएका उपलब्धी सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति रनिङशिल्डमा टेवुल टेनिसलाई समेट्नु पर्ने धारणा प्रकट गर्नुभयो । जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रवि पन्त, धन्यवाद ज्ञापन निर्मल सोती र संचालन सचिव कृष्ण रानाभाटले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर