Skip to content

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

पोखरा,पुस,२२गते। मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ । तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, बनस्पति हित एवं अकाल मृत्युबरण गरी मोक्ष प्राप्त गर्न नसकेको आत्माहरुको मोक्षको कामना गरिने जनाइएको छ ।
कार्यक्रममा विश्वका विभिन्न ६० मुलुक तथा नेपालका विभिन्न जिल्लाका बोधि धर्मका अनुयायी, भक्तजन गरी करिब २५ हजार जनाको सहभागिता रहने अनुमान संघले गरेको छ । त्यस अवसरमा सन्यासी गुरुमार्ग, महात्मा तथा  गुरुआमाहरुले कार्यक्रम अवधिभर विश्व शान्ति तथा मानव र समस्त प्राणिजगतको कल्याणको लागि पूजा तथा प्रार्थना गर्नेछन् । संघले हरेक वर्ष आध्यामिक पूजापाठ तथा समाज कल्याणका क्षेत्रमा देशव्यापी रुपमा  विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको छ । ३५ हजार वर्षपछि विशेष विधिबाट प्राण प्रतिष्ठा गरी बोधि धर्मलाई पूर्नजीवित गराइएको  भन्दै आगामी मंगलबारबाट शुरुहुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर