Skip to content

रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दाका सबै आरोपी धरौटीमा छुटे

पोखरा, पुस २५ गते। कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका सबै आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतका न्यायाधीश नीतिज राईको इजलासले रास्वपाका सभापति रवि लामिछाने सहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो।

छविलाल जोशी ८८ लाख रवि लामिछानेले ६५ लाख, ​पछाईंले ३७ लाख, रामबहादुरले १५ लाख, कृष्ण गुरुङले १ लाख, मीना गुरुङले ५ लाख र आरति गुरुङले ५ लाख धरौटी बुझाएपछि उनीहरूलाई रिहा गरिनेछ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो। वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर