Skip to content

शहिदलखन गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशन आज सम्पन्न

गोरखा,पुस २६ गते। शहिदलखन गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले महत्त्वपूर्ण नीतिगत तथा आर्थिक निर्णयहरू पारित गरेको छ।

गाउँसभाले वन ऐन २०७७ संशोधन गर्दै, पारिवारिक निजी वन दर्ताको प्रक्रियालाई सरल बनाएको छ। पहिले वडास्तरमा दर्ता गरिने नीति रहेकोमा अब वडाको सिफारिसमा गाउँपालिकामा नै दर्ता गर्ने व्यवस्था लागू गरिएको छ।

यसका साथै, अधिवेशनले विनियोजन ऐन पारित गर्दै कार्यान्वयन हुन नसकेका योजनाहरूलाई रकमान्तर गरेको छ। धार्मिक पर्यटकीय क्षेत्र मनकामना मन्दिरमा, बोका र भेँडाको टुक्रा पारेवापत रु १०० शुल्क निर्धारण गर्ने निर्णय पनि गरिएको छ।

गाउँसभाका क्रममा २२ वटा योजनाको रकमान्तर गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगरले दिनुभएको छ।

अधिवेशन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष इन्दिराकुमारी तिवारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडाका सदस्य र गाउँसभाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नयाँ नीति र निर्णयहरूले गाउँपालिकाको प्रशासनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर