Skip to content

पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

पोखरा, पुस २९ गते। पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ ।
अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो ।
सो वडाका लागि अभियान संयोजक समेत रहनु भएका सहसचिव सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति केशर प्रसाद निर्दोषीले सबै परिवर्तनको नेतृत्व गरेको काँग्रेसले जनताको आवश्यकतालाई पनि पूरा गर्न सक्ने  बताउनुभयो    ।
त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ वडा कार्यसमिति सभापति तिलक प्रसाद अधिकारी, क्षेत्रीय प्रतिनिधि सूर्य मोहन आचार्य लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस तल्लो पुडी टोल कार्य समितिका सभापति सम्मर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपल्लो पुडी टोल कार्य समितिका उपसभापति हरि बहादुर थापाले स्वागत र कोषाध्यक्ष कमल आचार्यले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर