Skip to content

यो अप्राकृतिक सरकार भएकाले अन्ततः ढलि नै हाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।” : प्रचण्ड

काठमाडौं,माघ २ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको आयु लामो नहुने दाबी गरेका छन्।
सिन्धुपाल्चोकको भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यो सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हुँदा आफैं ढल्ने बताए। उनले भने, “यो सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन, यो अप्राकृतिक भएकाले अन्ततः ढलि नै हाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।”
प्रचण्डले सरकारका गतिविधिहरूले यसको आयु छोट्याइरहेको उल्लेख गर्दै, विशेषगरी सदन नबोलाई अध्यादेशमार्फत काम गर्ने प्रवृत्तिलाई आलोचना गरे। उनले यो सरकारलाई सबैभन्दा कमजोर, निरिह र अलोकतान्त्रिक भन्दै चाँडो सदन सुरु हुनुपर्नेमा जोड दिए।
कांग्रेसभित्रको असन्तुष्टि र सरकारका विभिन्न गतिविधिहरूले यस सरकारको भविष्यमाथि प्रश्न उठेको छ। प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर