Skip to content

समाजवादी मोर्चाको बैठक आज, माओवादी पदाधिकारी बैठक सर्‍यो

काठमाडौँ, माघ २ गते। नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज (बुधबार) बस्दैछ। मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार सम्पन्न भएपछि आज पूर्ण बैठक बस्न लागेको हो।
बैठक दिउँसो २ बजे नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय आलोकनगरमा आयोजना हुने जनाइएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।
यसैबीच, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भने अपराह्न ४ बजेका लागि सरेको छ। बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक कार्यसूची बाक्लो भएपछि अपराह्नका लागि सारिएको सचिव गणेश साहले बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर