Skip to content

वाग्मती प्रदेश सभामुख सम्पर्कबिहिन

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ हराएको भन्दै खोजी गर्न आग्रह गरेको छ । अविश्वास प्रस्तावमाथिको छलफल गर्नुपर्ने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख बेपत्ता भएपछि अष्ठलक्ष्मी शाक्यसहित सांसदहरुको टोलीले उपसभामुख राधिका तामाङमार्फत विरोधपत्र बुझाउँदै सभामुखको खोजी ग्रर्न आग्रह गरेका छन् ।

सभामुख मुख्यमन्त्री डोरमणि पौडेलको रबरस्ट्याम्प बनेको भन्दै नेकपा प्रचण्ड(माधव पक्षले आरोप लगाएको छ । आफ्नो प्रतिबद्धतामा ६ घण्टा टिक्न नसक्नु नसकेको भन्दै प्रदेश सांसदहरुले आक्रोश पोखे । ‘सभामुख श्रेष्ठसँग प्रदेश सभा बैठक सुचारु गर्न हिजो फागुन ४ गते अपरान्ह नेकपा दल नेता अष्टलक्ष्मी शाक्य नेतृत्व टोली र साँझ ८ बजे देखि १० बजेसम्म प्रदेश सरकारका प्रतिनिधि, प्रमुख प्रतिपक्ष दलका नेता र अविश्वास प्रस्तावक पक्षको सहमतीमा बैठक कार्य सूची अनुसार नै सुचारु गर्ने प्रतिबद्धता दिनुभएको थियो । तर आज बिहानको सूर्योदय नहुँदै सचिवलाई बैठक अनिश्चित कालसम्म स्थगन गर्न दवाव दिएर सभामुख सरकारको संरक्षणमा अन्य दलबाट सम्पर्क बिहीन हुनुभयो ।’ प्रदेश सांसद युवराज दुलालले जानकारी दिए । सभामुखबाट भएको अमर्यादित र गैरजिम्मेवार कार्यको बिरोध पत्र उपसभामुखको उपस्थितिमा सचिवकोमा दर्ता गरिएको उनले जानकारी दिए ।

विरोधपत्रमा ५६ दिनदेखि अल्पमतमा रहेको सरकारको लाचार छायाँ बनेर सभामुखले संघीयता समाप्त पार्ने गतिविधि गरेको आरोप लगाइएको छ । सो पक्षले यसका विरुद्ध उत्रिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि आग्रह गरेको छ । प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको थियो । जसमध्ये एक जनाले भने फिर्ता लिएका छन् । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर