Skip to content

गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई मासिक ४ हजार अनुदान दिने, पोषण सुधारमा जोड

गोरखा,माघ २ गते। गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई पोषण सुधारका लागि मासिक ४ हजार रुपैयाँ अनुदान दिने भएको छ। गाउँपालिकाको १७ औँ गाउँसभाबाट यस सम्बन्धी निर्णय भएको हो।
गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल रेग्मीका अनुसार, गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने सुत्केरी महिलालाई यो रकम उपलब्ध गराइनेछ। यसबाट सुत्केरी आमाहरूले पोषिलो खानपान गर्न सक्ने र नवजात शिशुको स्वास्थ्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले गाउँपालिकामा बालबालिकामा कुपोषणको समस्या देखिएकाले यो योजना ल्याइएको बताए। उनले यसका लागि चालु आर्थिक वर्षमा २२ लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यकताअनुसार थप बजेट विनियोजन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर