Skip to content

उत्तरी गोरखामा भिषण आगलागीबाट तीन घर जलेर नष्ट, ११ चौपाया मरे

धनबहादुर तामाङ/गोरखा,माघ १० गते। गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आज साँझ भएको भीषण आगलागीले तीनवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीको कारण स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरबाट फैलिएको आगो रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभएको छ।

खाना पकाउने क्रममा प्रयोग गरिएको चुल्होको आगो फलामको पाइपमा सल्किएपछि आगलागी भएको बताइएको छ। आगलागीबाट छिरिङका दुई कच्ची घर र भूकम्पपछि निर्माण गरिएको अर्को एउटा घर जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै जलेर भस्म भएका छन्।

आगलागीमा छिरिङका ८ वटा गाई र ३ वटा गोरु मरेका छन् भने ५ वटा गाई सकुशल उद्धार गरिएको छ। घटना भएको जानकारी पाएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।

मानवीय क्षति भने नभएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर