Skip to content

स्याङ्जाको अर्जुनचौपारीमा आगलागी, लाखौंको क्षति

स्याङ्जा, माघ १० गते। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ गैराथरमा गोठमा आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गोठका चौपायाहरूलाई कुँडो पकाउने क्रममा आगलागी भएको बताइएको छ।

स्थानीय सूर्यप्रसाद पौडेलको दुईतले जस्ताको छानो भएको गोठमा लागेको आगलागीले चौपायाहरूमा क्षति पुर्‍याएको छ। साथै, गोठमा रहेको अन्दाजी २० भारी पराल जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन करिब आठ लाख रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आगलागीबाट एउटा भैंसी, एउटा भैंसीको पाडो, र दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको छ। स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

हालसम्म घटनामा कुनै मानवीय क्षति नभएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर