Skip to content

देशभक्तिको भावना कमजोर हुँदै जानु चिन्ताको बिषय: अध्यक्ष प्रचण्ड

पोखरा, माघ १४ गते ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूको विदेश पलायनको मुख्य कारण दृष्टिकोणको कमी रहेको बताएका छन्।

तेह्रथुमको लसुनेमा आयोजित एक कार्यक्रममा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमजोर हुँदै गएको र माटोको मायामा कमी आएको विषयमा चिन्ता व्यक्त गरे।

“आजभोलि देशभक्तिको भावना कमजोर भएको हो कि, आफ्नो माटोप्रतिको प्रेम घटेको हो कि भन्ने मलाई चिन्ता लागेको छ। हाम्रा छोराछोरीलाई देशको माया गर्न, यहीँका स्रोत-साधनको सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्न जरुरी छ,” उनले भने।

अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीहरूको अस्थिर अवस्थाप्रति पनि सचेत गराउँदै भने, “अमेरिकामा डोनाल्ड ट्रम्पको आदेशले हजारौं प्रवासी विस्तापित भए। मध्यपूर्वमा कति बेला द्वन्द्व भई नेपालीहरूलाई फर्कनुपर्ने हो, ठेगान छैन। यसैले आफ्नै देशको माटोमा पौरख गर्नुपर्ने समय आएको छ।”

उनले देशका प्राकृतिक स्रोत, जनशक्ति र नागरिकहरूको मिहिनेतलाई सदुपयोग गर्दै देशमै भविष्य निर्माण गर्न जोड दिए। “नेपाली नागरिकहरू साहसी र क्षमतावान् छन्। हाम्रा स्रोत र साधनलाई अवसरमा बदल्न जरुरी छ,” उनले भने।

अध्यक्ष प्रचण्डले आफू सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, र भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय रहेको पनि जानकारी गराए।

“म पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रममा सहभागी हुँदै देशका लागि सकारात्मक सन्देश फैलाउँदै छु। सहिदको सम्मानमा आयोजित यस कार्यक्रममा सबै दलका नेताहरूको उपस्थिति देखेर सहिदहरू सबैका साझा हुन् भन्ने कुरा स्थापित भएको छ,” उनले थपे।

अध्यक्ष प्रचण्डको यस अपिलले युवाहरूलाई देशभित्रै सम्भावनाको खोजी गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर