Skip to content

सुरजको नयाँ बाल कृति

पोखरा,माघ १४ गते। साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ कविता छन् ।

कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् ।

कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने, ‘कविता संग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि उपाध्यायका गजल संग्रह तिम्रो मन फर्किएन गजल संग्रह (२०६०) र दुई बालकविता सञ्चयन चील उड्यो आकाशमा (२०७१) र साइकल (२०७९) प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर