Skip to content

कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समितिको दोस्रो अधिवेशन आइतबार हुने

ओकिनावा, जापान माघ १९ गते। कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समितिको दोस्रो अधिवेशन २०२५ फेब्रुअरी २ (आइतबार) का दिन हुने भएको छ। २०२२ मा गठन भएको यस क्षेत्रीय समितिले २ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको हो।

समितिका संस्थापक संयोजक गोबिन्द प्रसाद पौडेल “अनीश” का अनुसार, यो अधिवेशनमार्फत समाजलाई अझ सफल र जुझारू नेतृत्व प्रदान गर्ने लक्ष्य राखिएको छ। उनले भने,

“हामी कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समिति गठनको २ वर्षपछि दोस्रो अधिवेशनको अन्तिम तयारीमा छौं। यस संस्थामार्फत जापानको ओकिनावा प्रान्तमा रहनुभएका सम्पूर्ण कास्की जिल्ला बासीहरूको सुख-दुःखमा साथ दिने उद्देश्यले काम गर्दै आएका छौं। यो अधिवेशन सफल बनाउन कास्की पोखरा समाज जापान, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्, तथा ओकिनावामा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरूको साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।”

अधिवेशन २०२५ फेब्रुअरी २ (आइतबार), दिउँसो ३ बजे ओकिनावाको नमस्ते गाउले रेस्टुरेन्ट (〒900-0031 沖縄県那覇市若狭2丁目3−15) मा आयोजना हुनेछ।

समाजले जापानमा रहेका कास्कीबासीहरूको एकता, सहयोग र प्रवर्द्धनमा भूमिका खेल्दै आएको छ। आगामी अधिवेशनले समुदायको सशक्त नेतृत्व चयन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर