Skip to content

नेकपा प्रचण्ड समूहले केन्द्रीय सदस्यहरुलाईबोलायो

नेकपाका केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा अनिबार्य उपस्थिति हुन निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट बिहीबार सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसद्धारा सन्देश पठाई शुक्रबार १२ बजेभित्र नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।

राजधानीमा भएका र राजधानी बाहिर भएका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई भोलि शुक्रबार अनिवार्यरुपमा केन्द्रीयय कार्यलय पेरिसडाँडा उपस्थितहुन निर्देशन दिएको छ।

‘सबै केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,’ केन्द्रीय सदस्य खगराज भट्टले भने, ‘म आज धनगढीमा छु । आज पार्टी केन्द्रीय कार्यलयबाट काठमाडौं आउन खबर आएको छ । भोली काठमाडौं आउदै छु । किन बोलाएको हो त्यो कुरा भने खुलाएको छैन । सायद निर्वाचन आयोगको लागि हो कि ?’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर