Skip to content

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन भोलि पोखरामा हुने

पोखरा,माघ २० गते। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन भोलि माघ २१ गते सोमबार पोखरामा हुने भएको छ। अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रमुख अतिथि रहनुहुनेछ।

कार्यक्रम दिउँसो २:०० बजे पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा  हुनेछ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले अधिवेशनमा सहभागिताका लागि पत्रकार, शुभेच्छुक तथा सम्बन्धित व्यक्तिहरूलाई सादर निमन्त्रणा गरेको छ।

कार्यक्रमका लागि प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले र महासचिव सन्तोष गौतमले आवश्यक तयारी भइरहेको जानकारी दिएका छन्।

प्रेस सेन्टर नेपालले पत्रकारिता क्षेत्रको समृद्धि, श्रमजीवी पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणमा निरन्तर कार्य गर्दै आएको छ। आगामी अधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने, संगठन सुदृढीकरण गर्ने तथा भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर