Skip to content

कास्की पोखरा समाज, ओकिनावा : नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना

ओकिनावा, जापान, २०२५ फेब्रुअरी २। कास्की पोखरा समाज, ओकिनावा, जापानको नयाँ कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष अनिल कुमार ढकाललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।

समाजको नेतृत्व हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष अनिश पौडेलले आफ्नो कार्यकालभरि साथ, सहयोग, र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, शुभचिन्तक तथा सहयोगीहरू प्रति हार्दिक आभार प्रकट गरे। उनले समाजको प्रगतिमा सबैको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, आगामी दिनहरूमा पनि यस्तो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

नव-निर्वाचित अध्यक्ष अनिल कुमार ढकालले समाजको उत्थान र एकताका लागि नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सम्पूर्ण सदस्यहरूको सहकार्य र समर्थनको अपेक्षा गर्दै समाजलाई अझ सशक्त र गतिशील बनाउँदै अघि बढ्ने प्रण गरे।

समाजका अन्य सदस्य तथा शुभेच्छुकहरूले पनि नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, ओकिनावामा रहेका नेपाली समुदायबीच एकता, सहयोग, र संस्कृतिको संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर