Skip to content

पाँच दिनमै खरबपति क्लबमा निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजार पुँजीकरण १ खर्ब नाघेको छ । बिहिबार निफ्राको बजार पुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको हो । यससंगै निफ्राले सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ।

नेप्सेका अनुसार आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी पुर्‍याएर नयाँ रेकर्ड बनाएको हो। इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने पहिलो बैंक बनेको छ। यसअघि नेपाल पुनर्बीमा कम्पनीकोबजार पूँजीकरण पाँच महिनामा १ खर्ब रुपैयाँ नाघेको थियो ।

पहिलो दिन आइतबार प्रति कित्ता ३४० रुपैयाँमा कारोबार खुलेको निफ्राको हरेक दिन शेयर मूल्यमा सकरात्मक सर्किट अर्थात् शेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ। आज बिहीबार बैंकको शेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर