Skip to content

संसदमा अध्यादेश संघर्ष: जसपाको ‘बार्गेनिङ कार्ड’ खेल, सत्ता संकटमा ओली-देउवा!

काठमाडौं,माघ २४ गते। संघीय संसद्का दुवै सदनको आज बस्ने बैठक सत्ता समीकरणको कसरतका लागि निर्णायक बन्दैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सरकारले ६ वटै अध्यादेश निर्णयार्थ पेश गर्दैछ, तर राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा सत्ता समीकरणको खेल रोचक बनेको छ।

सत्ता पक्ष बहुमतको खोजीमा लचिलो बन्दै गर्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा उभिएको छ। अध्यादेश पारित गर्ने-नगर्ने प्रश्नले सत्ता समीकरणलाई झनै पेचिलो बनाएको छ। जसपाले संघदेखि प्रदेशसम्म सत्ता सौदाबाजी सुरू गरेको छ, जसका लागि उसले संघीय सरकारमा दुई मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री पद माग गरेको छ।

सत्ताको संकट: जसपा निर्णायक, ओली-देउवा दबाबमा!

राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सिट आवश्यक छ। सत्ता पक्षसँग २८ मात्र हुँदा जसपाको तीन सिट निर्णायक छ। जसपाले विपक्षलाई साथ दिए अध्यादेश स्वतः अस्वीकृत हुन्छ, सत्ता पक्षलाई साथ दिए पास हुन्छ। यही शक्ति प्रयोग गर्दै जसपाले सरकारसँग आफ्नो मागहरु पूरा गराउने रणनीति लिएको छ।

पूर्ब प्रधानमन्त्री पुष्पकमल`दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा सम्बोधन गर्ने तय भए पनि सत्ता गठबन्धनको टाउको दुखाइ जसपासँगको सहमति जुटाउने विषयमै केन्द्रित देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवलाई बुढानिलकण्ठ बोलाएर छलफल गरिसकेका छन्, तर सम्झौता अझै टुंगोमा पुगेको छैन।

अबको केही घण्टा संसदमा हुने शक्ति संघर्षले नेपालको सत्ता समीकरण कता मोडिन्छ भन्ने निर्धारण गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर