Skip to content

इच्छाकामनामा कुकुर आतंक: सतर्क रहौं, सुरक्षित रहौं!

चितवन,माघ २५ गते। इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ, डाँडा गाउँ, पिपलडाँडा, धुषा लगायतका क्षेत्रमा एक उग्र कुकुरको आतंक फैलिएको छ। रेबिज लागे जस्तो लक्षण देखिएको उक्त कुकुरले हिजो मात्रै ३ जना मानिस, ५ वटा कुकुर, १ बिरालो र ३ वटा कुखुरा टोकेको थियो।

आज पनि सोही कुकुरले २ जना मानिस र १ कुकुरलाई टोकेको पुष्टि भएको छ। दिउँसो उक्त कुकुर गण्डकी गाउँपालिका–६ मा एकजनालाई टोकेर पुनः फिस्लिङ हुँदै धुषा तर्फ गएको देखिएको छ।

स्थानीयलाई सतर्कता अपनाउन आग्रह

हालसम्म कुकुर नियन्त्रणमा आउन सकेको छैन, जसका कारण त्रास बढेको छ। स्थानीय प्रशासन र सरोकारवालाहरू कुकुरलाई नियन्त्रणमा लिन प्रयासरत छन्।

त्यसैले, उक्त क्षेत्रका बासिन्दालाई कुकुर नियन्त्रणमा नआउँदासम्म सतर्क रहन र सुरक्षाका उपाय अपनाउन अनुरोध गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर