Skip to content

अध्यादेश पारित गराउन उपेन्द्रको ओलीसँग बार्गेनिङ

काठमाडौं,माघ २५गते। प्रतिनिधिसभामा कमजोर उपस्थिति भए पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेको छ। ओली सरकारद्वारा जारी अध्यादेश पारित गराउन जसपाको समर्थन अनिवार्य भएकाले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा जसपालाई फकाउने प्रयासमा छन्।

यस स्थितिलाई जसपाले मधेसदेखि केन्द्रसम्म सत्ता साझेदारीको बार्गेनिङ टुल बनाएको छ। जसपा स्रोतका अनुसार मधेस प्रदेशको नेतृत्व र केन्द्र सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको माग राखिएको छ।

सरकारले आइतबार संसदमा अध्यादेश पेश गर्ने तयारी गरिरहेको छ, भने जसपाले पनि त्यसअघि आफ्नो निर्णय लिने संकेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर