Skip to content

नेपाल विद्युत प्राधिकरणद्वारा गोरखामा नयाँ ११ के.भी. लाइन निर्माण सम्पन्न

गोरखा, फागुन ६ गते । नेपाल विद्युत प्राधिकरणले गोरखा वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा नयाँ ११ के.भी. विद्युत लाइन निर्माण कार्य सम्पन्न गरेको छ।
प्राधिकरणले गोरखा सबस्टेशनदेखि बतासे, खिरेपानी, डण्डीडाँडा, हिलेपोखरी, मधुपानी, मान्द्रेढुंगा, माछापोखरी हुँदै छेपेटारसम्म नयाँ लाइन विस्तार गरेको हो।
उक्त लाइनमा २०८१ फागुन ७ गते बुधबारदेखि ११००० भोल्टेज विद्युत प्रसारण/प्रवाह गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विद्युत संरचनाहरु (पोल, तार, स्टेक, ट्रान्सफरमर आदि) मा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायाहरुलाई नछाड्न समेत अनुरोध गरेको छ।
साथै, विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा विद्युत तार चुँडिएको, स्पार्क भएको वा कुनै कैफियत देखेमा तत्काल प्राधिकरण कार्यालयको फोन नं. ०६४-४२०१७७, ०६४-४२०४७७ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहुन समेत अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर