Skip to content

२ अर्ब बढीको अवैध अनलाइन जुवा खेलाउने ४ भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन ६ गते। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ स्थित एक घरमा भाडामा बसी अवैध अनलाइन गेमिङ वेबसाइट प्रयोग गरी अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठस्थित उक्त घरमा अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा उनीहरुलाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश गोरखपुर जिल्लाका २२ वर्षीय एमडी आरिफ हुसेन, भारत उत्तर प्रदेश फतेहपुर जिल्लाका ४२ वर्षीय अब्दुल कलाम, भारत उत्तर प्रदेश गोरखपुर जिल्लाका २५ वर्षीय अभिषेक मदेशिया र भारत उत्तर प्रदेश फतेहपुर जिल्लाका ४० वर्षीय इरफान पठान रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरी अवैध अनलाइन जुवा खेलाउने गरेको खुलेको छ। उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
उनीहरुको साथबाट १२ थान विभिन्न कम्पनीका ल्यापटप र १२ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर