Skip to content

नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाको १४औं साधारण सभा सम्पन्न

गोरखा,फागुन ७ गते। नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाको १४औं साधारण सभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न भएको छ। कार्यक्रममा सिरानचोक गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जगदीश्वर ढकाल प्रमुख अतिथि थिए।
प्रमुख अतिथि ढकालले रेडक्रस सोसाइटी नितान्त सामाजिक संस्था भएको बताउँदै यहाँ फराकिलो मन भएका व्यक्तिहरू मात्र हुनुपर्ने विचार व्यक्त गरे। उनले भने, “यो संस्था सामाजिक संस्था हो, यहाँ १० जनासँग मागेर एकजनालाई सहयोग गर्नुपर्छ। यस्तो फराकिलो मन भएको मान्छे मात्र यस्तो संस्थामा रहनुपर्छ।”
कार्यक्रमका विशेष अतिथि तथा जिल्ला शाखा गोर्खाका सभापति भीमसेन काजी बानियाले रेडक्रस सहयोगी संस्था भएको बताए। उनले भने, “हामी वा जिल्ला शाखा भनेको रुख हो, तपाईं भनेको रुखको जरा हुनुहुन्छ। तपाईहरुको आधारमा रेडक्रस सोसाइटी गोर्खा शाखा अडिएको छ।” जिल्लाभरि २२ वटा उपशाखा रहेको र ती सबै सम्पत्ति भएको उनले बताए।
अधिवेशनमा सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरियो।
अधिवेशनले धनबहादुर तामाङको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा रमा सापकोटा, सचिवमा दुर्गाप्रसाद पोखरेल, सहसचिवमा लक्ष्मी पराजुली, कोषाध्यक्षमा जुम्म दिन मिया र सहकोषाध्यक्षमा शोभा ढकाल रहेका छन्।
कार्यक्रममा जग्गादाता तथा एसेस्कर सदस्य जीवन ज्योति ढकाल, निवर्तमान जिल्ला सदस्य ईश्वरप्रसाद ढकाल र हर्मी उपशाखाका निवर्तमान सभापति रामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर